मध्यरातमा भूमिसूधार मन्त्रीकाे निधन

बिहिबार, कार्तिक २७, २०७७
0
269

कात्तिक २७, गाेरखा ।  नेपाल सरकारका पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री, तथा जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार भीम प्रसाद गौतमको निधन भएको छ।

पुर्व मन्त्री तथा कम्युनिष्ट आन्दोलनको नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित , जनता समाजवादी पार्टीका केन्द्रीय नेता ,विभिन्न सामाजिक संघ , संस्थालाइ जिवन्त तुल्याउन अग्र पङ्तीमा रहेका,त्यागको प्रतिकका रूपमा चिनिएका गौतमको आज राति २:३० बजे आफ्नै घरमा निधन भएको हो।

विगत केही समयदेखि विरामी परेका गौतमलाई निमोनियाको उपचार भइरहेको थियो। सामान्य अवस्थामा फर्किएपछि घरामै उपचारमा रहनु भएका गौतमको निधनले एउटा राष्ट्रबादी तथा विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here