मङ्सिर १ गाेरखा । गएराति हङकङको एक रेस्टुरेन्टमा आगलागीबाट ७ जना नेपालीहरुको ज्यान गएको छ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा सात जना नेपालीको मृत्यु भएको हाे ।
मृत्यु भएकाहरुमा ९ देखि ४० वर्षका उमेर समूहका रहेका छन् । उपचार गराइरहेका अन्य कम्तिमा ९ जना घाइतेमध्ये दुइ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष आकाश बन्जराले घटना बारे मनासलु डटकमलाइ जानकारी दिए । दुखद दुर्घटनामा पर्नेहरुमा अधिकाँश बाग्लुङ जिल्ला भित्रका नागरिकहरु रहेका छन् ।
बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना भएकाे बन्जराले बताए ।






