दमौलीमा फूल सेलाउने सहरा कार्यक्रममा झडप, एकको मृत्यु

सोमवार, मंसिर १, २०७७
0
206

मङ्सिर १ दमाैली । दरैहरूकाे फूल सेलाउने सहरा कार्यक्रममा शनिबार भएको झगडाका क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।

सो झडपमा परी घाइते व्यास नगरपालिका वडा नम्बर १ खकाैलीका कृष्णबहादुर दरैको मृत्यु भएको हो।
उनलाई फुल तार्ने क्रममा रतौलीका भिमबहादुर दरैले कुटपिट गरेका थिए। कुटपिटबाट टाउको र ढाडमा गम्भीर चाेट लागि घाइते भएका कृष्णबहादुरकाे दमाैली अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जानकारी दिएको छ।

५५ वर्षिय मृतक दरैकाे शव पोष्टमार्टमका लागि अहिले दमाैली अस्पतालमा राखिएको छ भने कुटपिटमा संलग्न भनिएका भिमबहादुर दरैलाइ पक्राउ गरी अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here