ग्लाेवल गाेरखा समाजले दियाे गाेरखामा झण्डै १२ लाखकाे स्वास्थ्य सामग्री

बिहिबार, मंसिर ११, २०७७
0
310

मङ्सिर ११, गाेरखा । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा गोरखाका सबै स्थानीय तहलाई बुधबार स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

जिल्लामा रहेका ११ वटा स्थानीय तहहरु गोरखा र पालुङटार नगरपालिका , चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई  जिल्ला समन्वय समितिकाे सभाहलमा एक कार्यक्रम गरि स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको थियाे ।

गोरखा बजारमा आयोजित सस्थाका नेपाल प्रतिनिधी बिनोद पोखरेलले जिल्लाका सबै स्थानिय तहलाई मास्क र ज्वराे नाप्ने थर्मल गन हस्त्तान्तरण गरेका हुन् ।

समाजको हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले गोरखाका सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानीय तहलाई सो सामाग्री सहयोग हस्तान्तरण गरीएको हो । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको समाजका कोषाध्यक्ष आकाश बन्जाराले बताए ।

जिल्लाका सबै स्थानीय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको हाे ।
समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरेकाे कार्यक्रममा सहभागि भएका नेपाल पत्रकार महासँघ गाेरखा शाखाका उपसभापति दिपक श्रेष्ठले बताए । उनले भने, जिल्लामा स्वास्थ्य सामग्री ठूलाे मात्रामा प्रदान गरिएकाे याे पहिलाे पटक हाे ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले सामाग्रीहरु हस्तान्तरण गरे भने अन्य सबैलाइ जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गरेका थिए । समाजले पत्रकार सम्मेलनको आयोजना गरि कोरोनाले नेपालमा परेको असर र समाजको तर्फबाट गर्न सक्ने योगदानको बारेमा छलफल भएको समाजका प्रबक्ता यादव देवकोटाले बताए ।

समाजले यस अगाडी पनि गोरखाको विभिन्न स्थानमा सहयोगहरु गर्दै आएको ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनय अधिकारीले जानकारी दिए। सो समाजमा गोरखामा जन्मिएर बिश्वभर रहेका नेपालीहरु संगठित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here