(१)
यस्तो बोलौ बोलि हाम्रो बिच प्रखाल न बनोश,
आफ्नै घरबार ढाल्ने त्यही भुईचाल न बनोश।
मिसाउँने छुट्याउँने सबै यहि बोली ब्यबहारहो,
हाम्रो बाणि कहिलै बन्दुको त्यो नाल नबनोश।
दुश्मनको भबिष्य हाम्रो बिखण्डनमा हुँने हुँदा,
हाम्रो सबै ब्यबहार दुश्मन लाई ढाल नबनोश।
धेरै पटक ठोकियौँ अनि सम्लियौँ नि हामिहरु,
गरिब युवाको रगत ले फेरी फैबताल नबनोश।
लडई बर्गिय हौश नहौश कहिले त्यो जुँवा को,
हाम्रो एकता दुश्मनको लागि महाकाल बनोश।
साँच्चै बुद्धिमान सचेत हौँ भने बर्ग हितमा बढौँ,
चलेका पाईला आफ्नै बर्गमा जञ्जाल नबनोश।
जातिय शंघर्ष होईन जातिय समानता चाहियो,
ब्यबहार पनि सबैको ओट लाग्ने तिर्पाल बनोश
सतेले त सदै यहि चाहान्छ देश जनताको भलो,
तिम्रो हाम्रो एकता यो संसार मा मिशाल बनोश
(२)
हिँजो आज कुर्चि खेलको ब बाल छ देशमा,
बिना रोजगार जनताको बुराहाल छ देशमा।
रोजि रोटीका लागि जनता बिदेश धाउँदैछन,
नेतालाई बिदेशी ब्राण्ड फालाफालछ देशमा।
कृर्षि प्रधान देश छँदैछैन सिचाई को सुबिधा,
बर्षभरी काम गर्दा पनि अनिकाल छ देशमा।
भ्रष्टचारले सिमा नाग्यो जंगलराज भयको छ,
नेताको नजर मा गरिबको तिर्पाल छ देशमा।
न्याय निसाब कस्ले गर्छ अंधोछ कानून हाम्रो,
नियम कानून धनमान जोगौने ढालछ देशमा।
जातिय बिभेद कु-सँस्कारले भरीएको समाज,
भू-माफिया भ्रष्टचारीहरु मालामाल छ देशमा।
साशन बद्ल्यो नेता बद्ले हेरिराछ सेतेहरु ले,
बदलिएन गरिबको दिन उस्तै चाल छ देशमा।
सुरेशकुमार पान्डे






