पत्रकार न्याैपानेकाे ज्यान लिन्छु भन्नेलाइ कारवाही गर्न पत्रकार महासँघ गाेरखाकाे माग

आइतवार, मंसिर २१, २०७७
0
263

मङ्सिर २१, गाेरखा । मनासलु डटकमका सम्पादक पत्रकार राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की आएको छ । नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका सदस्य एवंम मनासलु डटकमका सञ्चालक न्यौपानलाई गोरखा अस्पतालका चिकित्सकहरुलाई दुव्र्यहार भएको सम्बन्धि समाचारलाई लिएर आफुलाई दलित बिधार्थी संघ गोरखाको अध्यक्ष बताउने रतन परियारले गएराती म्यासेन्जरमा कल गरेर ज्यान मार्ने धम्की दिएको पत्रकार न्यौपानेले जानकारी दिनुभयो।

परियारले समाचार लेखेको बिषयलाई लिएर पत्रकार न्यौपानलेलाई तथानाम गाली गर्दै जहाँ भेट्याे त्यहिँ सिध्याइदिने धम्की दिएका हुन् । उनले आफु नेबिसंघको जिल्ला सदस्य पनि भएको भन्दै अपशब्द बोलेर गालि गरेका छन् ।

उनले आफ्नो घर सतिपिपलको क्याफे दि चौतारीसंग जोडिएको भन्दै सकेको गर्न चुनौती दिएर आफुले भेटे मुन्ट्टो छिनाईदिने धम्की दिएका हुन् । घटनालाई लिएर पत्रकार न्यौपानले आफ्नो सुरक्षाका लागि महासंघ, प्रशासन सवैलाई अपिल गरेका छन् ।

उक्त घटनाले पत्रकार र पत्रकारिता क्षेत्र माथी ठाडो हस्तक्षेप भएको ठहर गर्दै नेपाल पत्रकार महासंघ गाेरखाले बिज्ञप्ति जारी गरेकाे छ ।  समाचार लेखेबापत पत्रकारलाई गुन्डागर्दी शैलीमा धम्की दिएको यस घटना प्रति घोर निन्दा एव‌म् भत्सर्ना गर्दै दोषीमाथी तत्काल पक्राउ गरि कानुनी कारबाहीका लागि सम्बन्धित निकाय समक्ष महासंघले जोडदार माग गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here