सञ्चारगृहले कोभिड–१९ का समय श्रमजिवी प्रति प्रतिशोध साध्ने काम गरे : महासचिव विष्ट

आइतवार, मंसिर २८, २०७७
0
256

 मङ्सिर २८, पोखरा । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले केही सञ्चारगृहले कोभिड–१९ संक्रमणको बेला श्रमजिवी पत्रकारहरु प्रति प्रतिशोत साध्ने समयको रुपमा उपयोग गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कोभिड–१९’ले संचार क्षेत्रमा परेको असर र आजको पत्रकारिता विषयक अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दे उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले केही सञ्चार माध्यममा समस्या रहेपनि धेरै मिडिया हाउसले प्रतिशोध साँधेको बताए । महासंघले यस्ता १२ वटा मिडिया हाउस विरुद्ध संघर्ष नै गर्नुपरेको उनकाे भनाइ छ । ‘केही सञ्चार माध्यम संकटमा पनि छन् । तर, धेरै व्यवसायीक सञ्चार माध्यमले यही बेला आफ्ना कर्मचारीलाई निकाल्ने काम गरे । प्रतिशोध साँध्ने काम भएको छ । यसका विरुद्ध पत्रकार महासंघ हस्तक्षेपपूर्ण ढंगले दबाब बढाइरहेको छ,‘ उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले प्रशिक्षण दिएका थिए । पत्रकारिताको व्यवसायिक विकासमा कोरोना संक्रणलाई अबसरको रुपमा उपयोग गर्नुपर्नेमा उनकाे भनाइ छ । काेराेनाका समयमा समाचार सङ्लन खाली आइसाेलेन, क्वारेन्टाइन, सङ्क्रमित सङ्ख्या मात्रै लेखेर भूमिका निर्वाह नहुने उनले बताए । काेरानाका कारण जनजीवनमा के भइरहेकाे छ, उनीहरुलाइ सहज दैनिकीमा ल्याउन के गर्नुपर्छ त्यी कुराहरु गहिराे अध्ययन गरी बाहिर ल्याउनुपर्ने गाउँलेकाे भनाइ छ । उनले कोरोना संक्रमणलाई बहाना बनाएर निस्कृय नबन्न पत्रकारलाई आग्रह गरेका छन् । काेराेना छ के गर्ने भन्ने समाचार नलेख्ने गरेर पत्रकारिता नहुने उनले बताए ।

स्वरोजगार युक्त सञ्चार माध्यमको संरक्षण र व्यवसायीकढंगले चलेका सञ्चार माध्यमले श्रमजिवीको मुल्य दिनै पर्नेमा महासंघले जोड दिएको उनले बताए । न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीले श्रमजिवी पत्रकारहरु अहिले निकै समस्यामा रहेको बताए । कार्यक्रममा सहभागीहरुले कोरोना संक्रमणका बेला परेका अप्ठ्याराका बारेमा चासाे व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पाैडेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष नारायण शर्माले सहभागिहरुलाइ स्वागत गरेका थिए भने कार्यक्रम प्रदेशका महासचिव गणेश पाैडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा गाेरखा, कास्की र स्याङ्जा जिल्लाका पत्रकाहरुकाे सहभागिता रहेकाे प्रदेश सदस्य राम्जी लम्सालले जानकारी दिए । प्रदेशले यस अघि लमजुङ जिल्लामा कार्यक्रम सम्पन्न गरेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here