मङ्सिर ३०, गाेरखा ( धुवाँकाेट ) । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले गोरखामा जिल्लामा कफि खेतिको सभ्भावना राम्रो रहेकोले किसानहरु खेति गर्न तर्फ लाग्नुपर्ने बताएका छन् । जिल्लाकाे चुमनुब्रि गाउँपालिका बाहेक अन्य १० पालिकामा यसकाे खेती गर्न सकिन्छ । बजारकाे अभाव छैन,घरमा बसेर नगद लिने कामलाइ किसानहरुले खेति मार्फत विस्तार गर्नुपर्ने बताए ।

पालुङटार नगरपालिका–९ धुवाँकोटमा भएको चिया तथा कफीको बिकासका लागि बोर्ड स्थापना र स्थानीय सरकार बीच समन्वयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले जिल्ला भित्र कफी खेतीलाई बिस्तार गर्नुपर्नेमा जोड दिए । उनले कफी खेतीबाट कृषकहरुको आयस्तरपनि बढाउन सकिने भएकाले सम्भावित क्षेत्रको अध्ययन गरि कफि उत्पादनमा लाग्न कृषकहरुलाई आग्रह गरे । प्राविधिक सेवा र बजारका लागि मन्त्रालय पूर्ण जिम्मेवारी रहने उनले बताए ।
‘कृषकहरुलार्ई व्यवसायिक ढंगले काम गर्न आर्थिक अभाव हुने अबस्था अहिले छैन, मन्त्रि थापामगरले भने, ‘अब म गर्छु भन्ने इच्छाशक्ति मात्र हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय चिया बिकास बोर्डका कार्यक्रम निर्देशक डा.बिष्णु भट्टराईले चिया तथा कफी खेतीलाई गण्डकी प्रदेश भित्र बिस्तार गर्न बोर्डले योजना तयार गरिरहेको बताए । कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख मनिता थापाले जिल्ला भित्र कफी खेतीको सम्भावना राम्रो भएपनि केन्द्रमा कफी खेतीलाई प्राथामिकता दिएर अहिलेसम्म नआएको बताइन । ‘कफी खेतीका लागि भनेर त्यस्तै छुट्टै कार्यक्रम केन्द्रमा आएको छैन, उनले भनिन, कृषि फार्म निर्माण, साना किसान लक्षित कार्यक्रमहरु छन् त्यसैलाई जोडेर काम गर्न सकिने अबस्था छ । ’

कार्यक्रममा गोरखा जिल्ला भित्र किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारको कुनै समस्या नभएको समेत किसानहरुको भनाई छ । किसानले उत्पादन गरेका कफी बजारमा बिक्री नहुने अबस्था छैन, कफी उत्पादन कृषि सहकारी संघ गोरखाका अध्यक्ष डिल्लीराम रेग्मीले भने, ‘हामीले सवै किसानको उत्पादन न्युनतम सरकारी दररेटमा संकलन गरेर बिक्रि गरिरहेका छौ ।’ उनले जिल्लामा कफी खेतीको राम्रो सम्भावना भएपछि अझैपनि किसानहरुको प्राथामिकता भने नपरेको बताए । त्यस्तै कफी उत्पादन कृषि सहकारी महासंघका तुलसीराज धितालले कफि खेतीको बिकास र बिस्तारका लागि राज्यले उचित ध्यानदिनुपर्नेमा बताए ।

इको फ्रेन्ड्ली एग्रो अर्गानिक कन्सेन्ष्ट प्रालिको समन्वयमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, लगायत बिभिन्न गाउँपालिकाका प्रमुख एवंम उपप्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

एक अध्ययनका अनुसार गोरखामा ३० हजार हेक्टर जमिनमा कफी खेतीको राम्रो सम्भावना रहेको औल्याइएको छ । जसमध्ये २ हजार हेक्टरमा बिशिष्ट कफी उत्पादनको क्षमता रहेको जनाइएको छ ।
१५ डिसेम्बरलाइ विश्वभरी चिया दिवसकाे रुपमा मनाउने गरिन्छ । दिवसकै अवसर पारेर कार्यक्रमकाे आयाेजना गरिएकाे इको फ्रेन्ड्ली एग्रो अर्गानिक कन्सेन्ष्ट प्रा.लि.ले जनाएकाे छ ।






