न्याय खाेज्दै राष्ट्रवादीहरु गाेरखामा

मङ्लबार, मंसिर ३०, २०७७
0
333

मङ्सिर ३०, गाेरखा ।  संघीयता खारेज गरी  राजसंस्था पुर्नस्थापनाको माग गर्दै  गाेरखामा प्रर्दशन भएको छ । गोरखा सदरमुकामको रंगशालाबाट सुरु भएको प्रदर्शन र्याली हरमटारीचोक शक्तिचाेक हुदै बसपार्कबाट  हरमटारी आएर कोण सभामा परिणत भएको थियो ।

राष्ट्रवादी नागरिक आन्दोलनको अगुवाईमा भएको र्यालि पछिको कोण सभालाई सम्बोधन गर्दै डा. सुरेन्द्र भण्डारीले न्याय नपाए गोरखा जानु भन्ने उखान सुनेर न्याय खाेज्न गाेरखा आएकाे बताएका थिए । सँघीयताका कारण देश बर्वादी भएकाे उनले बताए ।

‘इतिहासदेखि नै न्याय नपाएकालाई गोरखाले न्याय दिदै आएको हो, अहिले पनि देशमा न्याय हराएको छ’ भण्डारीले भने  गोरखाले देशलाई न्याय दिनुपर्छ ।

देश भ्रष्ट्राचारीहरुकाे रजाइ चलेकाे बताउँदै सँघीयता झनै चरम निरकुश व्यवस्था रहेकाे बताए । कार्यक्रममा भण्डारीसंगै अनिल बस्नेत लगायतले मन्तव्य राखेका राष्ट्रवादी अभियान्ता सुदिप ढकालले जानकारी दिए ।

भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here