सँविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले बलत्कार गरे : पूर्व प्रधानमन्त्री खनाल

मङ्लबार, पुस १४, २०७७
0
425

काठमाडौं। नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाएका छन्। नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्नेक्रममा उनले पटक पटक सडकमा आउने रहर नभएपनि प्रधानमन्त्री ओलीले बाध्य पारेको बताएका हुन्।

सम्बोधन गर्दै नेता खनालले भने, ‘अहिले देशभरबाट राजनीतिक दल, नागरिक समाज सडकमा उत्रिएका छन् । हामीलाई हरेक पटक सडकमा आउन रहर होइन। केपी ओली जस्ता तानाशाहले लोकतन्त्रलाई खोस्ने प्रयास गरेका छन्। संविधानमाथि बलात्कार गरेका छन्। त्यसैले बाध्य भएर सडकमा उत्रनु परेको छ ।’

प्रधानमन्त्री ओलीले तीन वर्षको कार्यकाल खेर फालेको बताए। प्रधानमन्त्री ओलीले विश्वलाई चकित पार्ने काम गरेको दाबी गर्ने गरेको तर जनतामा त्यसको प्रभाव नपरेको भन्दै उनले तीन बजेट एवं नीति तथा कार्यक्रम ल्याउँदा पुँजीवादी ल्याएको र त्यसले जनताको दैनिक जीवनमा कुनै प्रभाव नपारेको भन्दै खनालले बताए।

संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, ‘३ वर्ष खेर गएको छ। उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here