लक्ष्मी काफ्ले को मन छुने गजल

बिहिबार, माघ १५, २०७७
0
258

 

विधवा मात्र होइन यहा पिडामा विधुर पनि भेटिन्छ
अन्धविश्वास मेटाएर हेर्नुहोस् फेरि पनि सिॅदुर भेटिन्छ

ऊ धन सम्पत्तिको आडम्बर देखाउॅदै थियो समाजमा
छानविनबाटै प्रष्टियो आयस्रोत मन्दिरको गजुर भेटिन्छ

एक बित्ते वस्त्रसॅगै नर्तकीले बिसंगति भित्राएको बेला
व्यङ्ग्य भावमा प्रफुल्ल हुदै पाखामा नाचेको मुजुर भेटिन्छ

गरिबीको चापमा पिल्सिरहेका यी अबोध चेहरामा आज
औकातले भेट्नै नसकिने करका चर्का महशुल भेटिन्छ

जो रक्षक उही भक्षक भने जस्तै भइरहेछ आज समाजमा
आफ्नै सन्तान टुहुरा बनाइ श्रीमती पोल्ने महिसाशुर भेटिन्छ

लक्ष्मी काफ्ले
पोखरा लामाचौर १९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here