कक्षा १२ काे बाेर्ड परीक्षा नतिजा आज

सोमवार, माघ १९, २०७७
0
388

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। आज सोमबार केही समस्या नदेखिए नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ। बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ।

बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताए। यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ। परीक्षा व्यवस्थित नहुँदा १२ को नतिजा सार्वजनिक हुन् ढिलाइ भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here