आकाशमा उड्न मन छ
तिमिलाइ छोडेर होइन पृय
सपना को महल देखेको छु
बिपनामा पूरा गर्नेछु पृय
माया बन्धन यस्तो बाध्छु
कहिले टुट्ने छैन म बाट पृय
आखाको नानी बनाउछु
हृदयमा राखेर मायाले पृय
दिलको घाउ मायाले सन्चो गर्छु
दुखेको औसधि ल्याउछु पृय
तिम्रो लागि जीवन भरिको बाचा गर्छु
मेरो माया तिमिलाइ अर्पण गर्छु पृय
तिम्रो इच्छा मेरो रहर हो
साथ भए मिलेर पूरा गर्छु पृय
समाजिक दुरि हटाउने हो
दुई मुटुलाइ मिलाउछु पृय
सोमनाथ लुइटेल रवि
हाल :- युगान्डा






