१
मेरो फूलबारीमा त्यसै उँ जल्दो रहेछ
भित्र भित्रै अनायसै किन बल्दो रहेछ
बुझिनछु मैले पीडा नरोप्नु रैछ फूल
गन्तव्य छोडेर अध्यारोमा चल्दो रहेछ ।
२
गरौंकी झै लाग्छ मनका कुरा
जब बज्छन तिम्रा हातका चुरा
मृगनयनको त के बयान गरौं भन
हेरे पछि अनि लाग्छ मुटुमा छुरा
३
पीरतिका कुरा सुनी छक्क परे म त
मीठा मीठा कुरामा मक्ख परे म त
दिदा रैछौ मुटु कलेजो एकै पटक तिमी
संङ्गै जीवन बिताउन निर्धक्क परे म त
४
जसै मानवलाई बाच्न सासको आवस्यक छ
रत मेरा यात्रामा तिम्रो साथको आवस्यक छ
आउनत आयौं यश धर्तिमा मेरै लागि मात्र हो
हाम्रो माया जताउन एक रातको आवस्यक छ ।
५
उताब चडाव आउछन् जान्छन् छाल जस्तै
समय बगिरह्यो जिन्दगी टिकाएँ ताल जस्तै ।
बाच्नलाई कहिले सोंचिन बचाउन सधैँ सोंचे
जिन्दगी अल्झाउने माया रहेछ जाल जस्तै ।।
सुमित्रा पाठक
हाल :- साइप्रस






