सेभेन ए साइड फुटवालकाे उपाधि चाइनिज धारा युवा क्लवले जित्याे

शनिबार, फाल्गुन १, २०७७
0
198

गोरखा । सेभने ए साइड फुटबलको उपाधि फेमेली क्लब चाइनिज धाराले धाराले हात पारेकाे छ। जिल्ला सदरमुकामको खेलकुद मैदान हरमटारीमा बिहीबार भएको फाइनल खेलमा हरमटारी क्लबलाई २–० को गोल अन्तरले हराउदै चाइनिज धारा विजयी भएको हो ।

प्रतियोगिताको उपाधि विजेता चाइनिज धारा फेमेली क्लबले ५० हजार नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपबिजेता हरमटारी क्लबले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक हरमटारी जुनियर क्लबले जनाएको छ । माघ २३ गतेदेखि शुरु भएको प्रतियोगीतामा २९ टिमको सहभागिता रहेको थियो ।

बिहीवार एक कार्यक्रमका बीच गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र आयोजक क्लबका अध्यक्ष मनोज गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here