जनता सँविधानको रक्षाका लागि जुटेका छन् ः नेता हरीराज अधिकारी

शनिबार, फाल्गुन १, २०७७
0
282

गोरखा १ फागुन । जनयुद्ध दिवसका दिन गोरखाको गण्डकी गाउँपालिकामा आयोजित सभालाइ सम्बोधन गर्दे नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, सँगठन विभागका सदस्य हरीराज अधिकारीले सरकारले सँविधान अपदस्थ गरेकाले जनता संविधानको रक्षाका लागि जुटेको बताएका छन् । देशलाइ बर्वादी हुनबाट जोगाउने शक्ति जनता भएकाले जनताको तागतका अगाडि जुनैपनि तानाशाहहरुको अन्त्य हुने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गण्डकी गाउँपालिका भित्र रहेका सँस्थापक पुराना सदस्यहरु शिव घिमिरे, खडक बहादुर पुलामी, लाल बहादुर चेपाङ, रन बहादुर थापा, टंक देवकोटा, चन्द्र प्रसाद पौडेल,चन्द्रकान्त पन्त, राम प्रसाद न्यौपाने,छविलाल जोशी, धनिशँकर श्रेष्ठ, धन बहादुर थापा, हरी प्रसाद अधिकारी, कमलीकान्त घिमिरे, टंक बहादुर गुरुङ, दानसिँ गुरुङ, डम्बरसिँ थापा, ऋषिराम अधिकारी, केरमान श्रेष्ठ, प्रकाशबाबु र्ेग्मी, बासुदेव रेग्मी, लाल बहादुुर गुरुङ, पदन दुवाडी, भानुभक्त अर्याल, दिनानाथ रेग्मी, तेज बहादुर भुजेल, विष्णुमणी रेग्मी, दिल कुमारी भुजेल, चन्द्र बहादुर कार्की लगायत ४५ जना अग्रजहरुलाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

गण्डकी गाउँपालिका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका इन्चार्ज दिपकराज तिमिल्सिना, युवा सँघका केन्द्रीय सदस्य सुदिप नगरकोटी, जानुका पौडेल लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला पार्टी सदस्य जीवन गुरुङले सञ्चालन गरेका उक्त कार्यक्रममा लब बहादुर भुजेलले स्वागत मन्तव्य राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी गोरखाले २६ औं जनयुद्ध दिवसका दिन जिल्लाका अन्य पालिकामा समेत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिकामा आयोजिक कार्यक्रमलाइ गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, भीमसेन थापा गाउँपालिकामा केन्द्रीय सदस्य सुसिला सिँखडा, आरुघाट गाउँपालिकामा लेख बहादुर थापा, सिरान्चोक गाउँपालिकामा कृष्ण धिताल, बारपाक सुलिकोटमा विष्णु प्रसाद भट्ट, अजिरकोट गाउँपालिकामा दिपक देवकोटाले सम्बोधन गरेका थिए ।

कार्यक्रमका बक्ताहरुले प्रतिगमनका लागि नागरिकहरुले बलिदान नगरेको बताउँदै ओलीको प्रतिगमनका विरुद्ध जस्तासुकै सँघर्ष गर्न पछि नपर्ने बताएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here