केही खुसीहरू जगाएर गयौ
यो मलिन अनुहार रङ्गाएर गयौ
तिम्रो शान्त शालीन अनुहारले
यसै मोहनी पो लगाएर गयौ
हरबार छायाँ बनी सपनीमा
आइ मेरो निद भगाएर गयौ
खोटहरु मेरा नभएका त हैनन्
लगेर सँगै नै बगाएर गयौ
बिछोडको पीडामा आँसुसँगै
आफ्नै तस्बिर टँगाएर गयौ
ज्ञानु घिमिरे
काठमाडौं






