दराैदी कृषि सहकारीकाे तेश्राे वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, फाल्गुन ७, २०७७
0
306

गाेरखा । दराैँदी कृषि सहकारीकाे तेश्राे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभा गाेरखा नगरपालिका प्रमुख राजनराज पन्तकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । सभलाइ सम्बाेधन गर्दै पन्तले सहकारीका माध्यमबाट नगरकाे विकास सम्भव हुने बताए । सबैले मिलेर अघि बढे सहकारीले गरिवी निवारणका लागि सहयाेग पुर्याउने बताउनुभयाे ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गाेरखाका वरिष्ठ कृषि विकास अधिकृत भवदत्त देवकाेटा, वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा, वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर खड्का, पत्रकार राजेन्द्र न्याैपाने, साना किसानका चञ्चला ज्ञवाली, महेन्द्र मावि कुन्दुरका प्रधानाध्यापक गाेपालबाबु मरहट्टा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीकी अध्यक्ष सँगिता कुमालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव पुण्य कुमारी कुमालले सञ्चालन गर्नु भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here