प्रथम सहिद लखन थापाको १४४ स्मृति दिवसको अवसरमा पालुङटार १० मिरकोटमा बिशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
मिरकोट मगर संघ प्रर्म्भिक समितिका अध्यक्ष टेक बहादुर थापा मगरको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ गोरखा जिल्ला कार्य समिति सदस्य राममाया राना र बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य बलराम थापा रहनु भएको थियोे ।
सहिद थापाको स्मृति गर्दै मौन धारण गरि सुरु भएको कार्यक्रममा अतिथि सहित उपस्थितहरुले थापाको फोटोमा माल्यापर्ण गरि बक्ताहरुले सहिद थापालाई स्मरण गर्दै थापाको योगदानलाई बिर्सन नहुने जिकिर गर्नु भयो । कार्यक्रममा स्थानीय मगर समुदायको झाँकी सहित, कौडा नृत्य पनि प्रस्तुत गरिएको थियोे ।






