चाहेपछि तिमीले इलाममा भेट भयो
हाम्रो माया पिरती त्यहीबाट सेट भयो
बग्दैगए मायामा तिम्रो विश्वास गरीगरी
वायुपङ्खी घोडा झै उडाउने जेट भयो
मिठामिठा कुरा गरी फेसबुकमा तिमीले
दुरी बढ्यो मायाको गइरहने नेट भयो
बोल्नै छाड्यौ भेटमा नचिने झै गरीगरी
जोख्यौ तुलो मायाको व्यापारको रेट भयो
मौसम जस्तै बद्लिने तिम्रो आनीबानीले
माया बस्ने मुटु बन्द घरको गेट भयो
बगैंचामा घुमीघुमी पुतली झै डुल्ने तिमी
अभिसाप भो मेरो खुशी चङ्गाचेट भयो
पुष्पा नेपाल(सुवेदी)
इलाम






