राधा रमा का पाँच मुक्तकहरु

आइतवार, फाल्गुन १६, २०७७
0
382

मुक्तक १

सक्छौ भने पिरमा पनि तिमी, हाँसेर देखाउ
भुलिदेउ तनाब सबै, अभिछिन्न नाचेर देखाउ
जीवन तनाबग्रस्त बनाउने, आफ्नै मनमस्तिष्क हो
सक्छौभने मेरो जीवन, एकदिन बाँचेर देखाउ

मुक्तक २

मेरो लकिर तिम्रो भाग्य कोरिदिने भाबी एउटै
मन र मुटु चलाउने ढुकढुकिको चाबी एउटै
आमाका स्तन सगै चुसि हुर्किएका तिमी र म
किन भएन अधिकार र सम्पतिमा दाबी एउटै

मुक्तक ३

एक दिन लाग्ने मेलो पनि,छिनमै तुरेर बसेकी छु
उनी आउने बाटोका खाल्डाखुल्डी, पुरेरबसेकी छु
मिलनको कल्पनामा लजाउदै,घरी मुस्कुराउदै
यतैबाट आउलान् हेर्दै,कान्ला कुरेर बसेकी छु

मुक्तक ४

नदिले लिने गतिझै,जिन्दगीको बाटो तय हुनुपर्छ
निडर बन्नुपर्छ तर इज्जत जाने भय हुनुपर्छ
म भन्दिन तिम्रो करोडौं माया चाहिन्छ भनेर
म लाखौमाया गर्छु तिम्रोपनीत सय हुनुपर्छ

मुक्तक ५

कवि को सोचाइन हो कालजयी गित कबिता लेखिन्छन
भावगंगाझै सलल बगिरहने सरस सरिता लेखिन्छन कलम कापी र कल्पना भए के लेखिदैन र हजुर
अझैपनी महाभारत झल्काउने भागवत गिता लेखिन्छन

राधा रमा                                                          इटहरी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here