असिम बिस्वाकर्मा को मन छुने गजल

मङ्लबार, फाल्गुन १८, २०७७
0
245

आफ्नाे जिन्दगी आफै वर्णन गरे जस्तो लाग्छ !
जीउने एउटा माध्यम समापन गरे जस्तो लाग्छ !

राष्ट्र भक्ति गीत गाउदैँ राष्ट्रवाद काे नारा लगादैँ
सडक देखि सधन सम्मआन्दोलन,गरे जस्तो लाग्छ

बच्चा हरु गिट्टी कुट्छन् वृद्दा ठेला चलाउछन्
देसमा निर्भर जनशक्ति उत्पादन,गरे जस्तो लाग्छ !!

तिमी तरवार बाेकेर आउनु म कलम लिएर अाउछु
उता भारतले सिमा उत्खनन गरे जस्तो लाग्छ !

चुनाब हुदाँ जति ठुलाे आसषण बाढेका थियाैँ!!
अब जनता ले तिम्राे मुल्यांकन गरे जस्तो लाग्छ !!

असिम बिस्वाकर्मा
खाेटेहाङ ३ खाेटाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here