हिमाल को काखमा छ मेरो सिरानी ।
बुद्ध को आश्रममा छ मेरो कहानी ।
आफ्नै माटोमा पसिना बगाऊने छु
यसै देशको माटोमा छ मेरो जवानी ।
हिउँ सङ मेरो मन रमाएको छ याहा
प्राकृतिक सङ छ मेरो निगरानी।
जलस्रोतको धनि बिश्वको दोस्रो मा
देशको सास्कृतिको छैन चिनजानी।
तराईका फाट,पहाडका डाडाहरु
पहाड बाट कलकल बगेकोछ पानी ।
शेषकान्त पोख्रेल






