शहिदलखन गाउँपालिकाकाे बुँकाेटमा निशुल्क दन्त शिविर

शनिबार, फाल्गुन २२, २०७७
0
314

शहिदलखन (बुँकाेट), गाेरखा । लायन्स क्लव अफ आँवुखैरेनी  सिटीकाे आयाेजना र ओम विराज डेन्टल  सेन्टर गाेरखाकाे प्राविधिक सहयाेगमा शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुँकाेटमा निशुल्क दन्त शिविर सञ्चालन भएकाे छ । शिविरमा गाउँ गाउँबाट आएका नागरिकहरुले दाँत परिक्षण गराइरहेका छन् ।

शिविरकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रमेश थापा मगरले समाजसेवी भावनाले अघि बढ्दा समाज र  समाजमा रहने व्यक्तिहरुलाइ हित हुने बताए । शिविरमा यस क्षेत्रका दाजूभाइ दिदि बहिनीहरुले चेकजाँच गराइएर आफ्नाे समस्याबारे जानकारी लिन आग्रह गरे ।

शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठकाे समन्वयमा भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दीरा तिवारी, वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अँगाइ,लायन्स क्लव अफ आँवुखैरेनी  सिटीका अध्यक्ष शिव खनाल, लगायतले सम्बाेधन गरेका थिए ।

लायन्स क्लव अफ आँवुखैरेनी  सिटीका अध्यक्ष खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनप्रतिनिधिहरु, डा.ओसिन थापा,ओम बिराट डेण्टल केयर गोरखा सन्जय अधिकरी लगाएत ५ जना प्राबिधिक टिम,लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ B1 का रिजन चिअरप्रशन सुरेन्द्र कुमार श्रेष्ठ,राजनितीदलका प्रतिनिधि,बुङकोट स्वाथ्य चौकीको स्वाथ्यक्रर्मी,लायन्स क्लबका पदाधिकारी एवम सदस्य,स्थानीय समाजसेवि,बुद्धिजीविहरुकाे उपस्थिति रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here