गाेरखा नगरपालिका,गाेरखा । तारानगर स्वास्थ्य चौकिमा ९० वर्षका आइतेे कुमालले काेराेना भाइरस विरुद्धको खाेप लगाएका छन् । स्वास्थ्य चौकिका कर्मचारिहरुले घर घर पुगेर खाेप लगाउने वृद्धहरुकाे नाम सङ्कलन गरेका थिए ।
कामकाे हतार छ खाेप लगाइदिनुस भन्दै आएका कुमाल खाेप लगाएसँगै घाँस काट्नका लागि दरौदि फाँट स्थित खेतमा गएका स्थानिय धनमाया कुमालले बताइन। उनले भनिन आइते धेरै बलियाे छ, उमेरले बुढाे भए पनि उ घरकाे सबै काम गर्दै आइरहेकाे छ ।
स्वास्थ्य चाैकीमा भएकाे खाेप कार्यक्रममा आज ३६ जना महिला र ३६ जना पुरुष गरी ७२ जनाले खाेप लगाएका अ हेव हरिमानसिँ बस्नेतले जानकारी दिए ।






