गोरखा उद्योग वाणिज्य संघको १६ अधिवेशन तथा ४६ औँ साधारण सभा चैत २१ र २२ गते हुने

सोमवार, फाल्गुन २४, २०७७
0
292

गाेरखा । गोरखा उद्योग वाणिज्य संघको १६ अधिवेशन तथा ४६ औँ साधारण सभा आउँदो चैतको २१ र २२ गते हुने भएको छ । अधिवेशनले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नयाँ कार्यकालका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष चयन गर्नेछ । त्यस्तै खुल्लातर्फका सातजना सदस्य, बस्तुगततर्फको एकजना सदस्य र एक जना महिला सदस्य पनि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन गर्ने भएकाे छ ।

संघको कार्यसमितिमा महिला उद्यमि विकास समितिबाट एकजना, बस्तुगत समितिका अध्यक्षहरुमध्यबाट एकजना विभिन्न गाउँ तथा नगरपालिका इकाईका अध्यक्षहरुमध्यबाट एकजनालाई पदेन सदस्य चयन गर्ने सँघका अध्यक्ष जीवनज्याेति श्रेष्ठले बताए ।

साधारण सभा तथा अधिवेशनमा सहभागी हुने व्यवसायीहरुले आफ्नो सदस्यता आउँदो चैतको पाँच गतेसम्ममा नवीकरण गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here