मनकामना क्षेत्रका हाेटलमा बास बस्ने पाहुनाहरु असुरक्षित, प्रहरीले हतियारधारीकाे सँरक्षण गरेकाे हाेटल सञ्चालककाे आराेप

शनिबार, फाल्गुन २९, २०७७
0
389

मनकामना, गाेरखा । गोरखाको मनकामनामा होटलमा खुकुरी देखाएर तर्साउने, पाहुनालाई दुब्र्यवाहार गर्नेलाई प्रहरीले बिना कारवाही छाडेकाे स्थानीयहरुले बताएका छन् ।  शहिदलखन गाउँपालिका ३ मनकामनामा संचालित मनकामना फुलवारी रिसोर्टमा फागुन २७ गते होटलका कर्मचारीबिच एक आपसमा बिवाद भएकाे र बिवादका क्रममा होटलमा कार्यरत दिप्सन कार्कीले खुकुरी झिकेर अन्य कामदारलाई धम्क्याएका होटल संचालक प्रनिस श्रेष्ठल बताए ।

राजकुमार कार्की र जिवन अधिकारी सहित तीन जनाले कुकलाई कुटपिट गरेको, होटलका म्यानेजरलाई खुकुरी देखाउँदै धम्क्याएको संचालक श्रेष्ठ बताउँछन् । ‘खुकुरी झिकेर प्रहार गर्न खोजेपछि म त भाँगेको थिएँ’ संचालक श्रेष्ठले भने ।
होटलमा बसेका पाहुनालाई समेत ति कामदारले दुब्र्यवाहार गरेको अर्का संचालक डानियल न्यौपाने बताउँछन् । जुन दृष्य सिसिक्यामेरामा प्रष्ट देखिन्छ । ‘केही सामग्री समेत तोडफोड भएको छ’ उनले भने ‘राती नै प्रहरीलाई खबर गर्दा ढिला आउनुभयो ।’

प्रहरी चौकी र होटल पाँच मिनेटको दुरीमा छ । तर एक घण्टापछि प्रहरी पुगेको संचालक बताउँछन् । प्रहरी पुगेर झगडा गर्ने तीन जनालाई त्यहाँबाट अन्यत्र लगेको थियो । खुकुरी प्रहरीले बरामद गरेको होटल संचालक बताउँछन् । तर प्रहरीले भने होटलकै गार्डको खुकुरी भएको दावी गरेको छ । होटल संचालकले भने होटलमा गार्ड नै नरहेको बताउँछन् ।

मनकामना चौकीका इन्चार्ज सई राजु पौडेलले भने खुकुरी देखाएको बारे केही जानकारी नभएको बताएका छन् । तर होटलको सिसिक्यामेरामा खुकुरी झिकेको, झगडा गर्नेहरुलाई प्रहरीले राती नै लगेको प्रष्ट देखिन्छ । होटल संचालकले फागुन २८ गते मनकामनामा उजुरी समेत दिएको बताएका छन् । ‘बिहान १० बजे छलफल गर्ने भनेको ति भाईहरु साँढे नौ बजे नै गएछन्’ मनकामनाका सई पौडेलले भने । एउटै होटलका मजदुरको झगडा भएको भन्दै उनले उक्त घटना समान्य बिवाद भएको बताए ।
घटनामा संलग्न बिच छलफल नगराई उनले झगडा गर्ने युवालाई त्यहाँबाट पठाईदिएको गुनासो संचालकहरुको छ । ‘हामीलाई सुरक्षा थ्रेट महशुस भएको छ’ संचालक मध्येका एक न्यौपानेले भने । संचालकहरुले भने नेपालकै प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा होटलमा बसेका पाहुनालाई दुब्र्यवाहार गर्ने, कुकुलाई हातापात र खुकुरी देखाएर तर्साउने जो कोही भएपनि कारवाही हुनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले घटनाको अनुसन्धान गरेर संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । ‘संचालक संँग भएको सिसिटिभी फुजेट मैले हेरेको छैन’ उनले भने ‘घटनाको अध्ययन गरेर जो कोही भएपनि कानुनी दायरामा ल्याउँछौँ ।’

अधिकाँश घटनाहरु बाहिर नल्याउने यस क्षेत्रका नागरिकहरु स्थानीयहरु नै असुरक्षित हुन लागेपछि घटना बाहिर आएकाे हाे । हाेटलमा आएका पाहुनाहरुका समान हराउने देखि  नसाेचेकाे महङ्गाे शुल्क तिर्नुपर्ने कैयन घटनाहरु प्रहरीसँगकाे मिलिमताेमा यस अघि हाेटल सञ्चालकहरु मिलाउँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here