मण्डनदेउपुर , काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिकामा संचालित समुदायमा आधारित समावेसि विपद् जोखिम न्यूनिकरण (ICBDRR) परियोजनाको जिविकोपार्जन कार्यक्रम अन्तर्गत ११०० परिवारलाई शशर्त नगद वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा डेनिस रेडक्रसको साझेदारीमा भुमिहिन, अपांगता भएका ब्यक्ति भएको परिवार, एकल महिला घरमुली भएको परिवार, ज्याला मजदुरी गरेर खानुपर्ने संकटासन्न अति विपन्न परिवारको सुचकका आधारमा छनोटमा पर्नुभएका लाभग्राहीहरुलाई २६०००।– (अक्षरुपी छब्बिस हजार रुपैया) को दरले वितरण गरिएको हो ।
लाभग्राही स्वयंको ईच्छानुसार ब्यवसाय गर्ने गरी प्राविधिक तालिम तथा संरचना निर्माण गरेको र वस्तुभाउ किनेको आधारमा शशर्त नगद वितरण गर्ने प्राबधान अनुसार सवै कार्य गरेको अनुगमन समितिको प्रतिवेदनका आधारमा वैंक मार्फत सो नगद वितरण गरिएको हो ।
पहिलो चरणमा सवै शर्तहरु पुरा गरेका २६७ जना लाभग्राहिलाई नगद सहयोग वितरण गरिएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा सहभागी जिल्ला शाखाका सभापति समुन्द्रलाल श्रेष्ठ, जिल्ला शाखाका सदस्यहरु, वडाध्यक्षहरु, रेडक्रस ICBDRR परियोजना केन्द्र तथा जिल्लाका कर्मचारिहरु तथा लाभान्वितहरुको उपस्थिति रहेको थियो ।






