८४ औ जन्मोत्सबमा तनहुँका कवि टिकाराम  पाैडेलद्वारा लिखित  पुस्तक बिमोचन

मङ्लबार, चैत्र ३, २०७७
0
329

 पोखरा,३ चैत ।  तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ४ निबासी कवि टिकाराम पौडेलको ८४ औं जन्मोत्सवको अबसरमा पाैडेलद्वारा लिखित पुस्तक बिमोचन भएकाे छ।

कवि पौडेलद्वारा लिखित कबिता संग्रह ” बिगत र बर्तमान ” गण्डकी प्रदेश सभा सदस्य राजिब पहारिले बिमोचन गरेका हुन । पहारिले सो कविता संग्रह बिमोचन गर्दै साम्सद पाहारिले साहित्यकारहरु रास्ट्रका अमूल्य सम्पत्ति भएको भन्दै उनिहरुको योगदानलाई रास्ट्रले उचित सम्मान गर्नु पर्ने बताए।

पहारिले स्रस्टा र कवि ,कलाकार र संस्कृतिकर्मिको बिकास र सम्बर्द्धन गर्न छिटोभन्दा छिटो गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञाप्रतिष्ठान गठन गर्न लागेको जानकारी दिदै यसको स्थापना पछि प्रदेशमा साहित्यिक र सान्स्कृतिक बिकास र जगेर्नाको काम अझ ब्यबस्थित हुने दाबी गरे।

उनले कवि पौडेल चौरासी बर्षको उमेरमा समेत सक्रियतापुर्बक साहित्य सृजनामा तल्लिन भएकोमा खुशी व्यक्त गर्दै उहाँबाट युबा पुस्ताले पाठ सिक्नु पर्ने बताए।

कार्यक्रममा कवि पौडेलका छोरा मोति प्रसाद पौडेल, समिक्षक पुरुसोत्तम भन्डारी , कविता संग्रहका स्रस्टा टीकाराम पौडेल ,ब्रह्माकुमारी इश्वरिए बिश्वबिद्धालय दुलेगौंडा शाखा प्रमुख रश्मि खड्का, अधिबक्ता महेन्द्रमान ब्यथित लगाएतले मन्तव्य ब्यक्त गरेका थिए।

पोखरा महानगर वडा न २० भलाममा जन्मिएर हाल दुलेगौंडा तनहुँ निवासी पुर्ब शिक्षक रहेका समेत रहेका कवि पौडेलद्वारा लिखित ८४ वटा कबिता उक्त संग्रहमा समाबेश गरिएको छ।

सो अवसरमा अधिबक्ता महेन्द्रमान ब्यथितलाई सम्मान समेत गरिएको थियो । शुक्ला साहित्य सङ्गम दुलेगौंडाको आयोजनामा आयोजित कार्यक्रमको अध्यक्षता सो संस्थाका अध्यक्ष बेनु प्रसाद खतिवडाले गरेका थिए भने संचालन सचिब सरस्वती सिग्देलले गरेकी थिइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here