आज फागु पूर्णिमा घरमा बसेर मनाउन प्रशासनकाे आग्रह

आइतवार, चैत्र १५, २०७७
0
124

काठमाडौं, १५ चैत । आज रङको पर्व फागु पूर्णिमा मनाइँदै छ। नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ।

फागुन शुक्ल पूर्णिमाका दिन एकआपसमा रङ खेलेर होली पर्व मनाउने प्रचलन छ।

तराईका जिल्लामा भने भोली (सोमबार) मात्रै होली पर्व मनाइँदै छ। होलीका अवसरमा नेपालका पहाडी र हिमाली जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

आपसी मेलमिलाप र सद्भावको पर्व होलीमा विभिन्न रङ र लोला खेलेर रमाइलो गरिन्छ। तर, यस वर्ष पनि कोरोना महामारीको कारण सरकारले भिडभाड गरेर होली खेल्न निषेध गरेको छ। संक्रमण फैलिन नदिन घर परिवारमै बसेर फागु पर्व मनाउन ७७ जिल्लाका स्थानीय प्रशासनले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here