गोरखा १९ बैशाख । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका ६ गाईखुरका ७८ वर्षीय वृद्ध रहेका छन् ।
उहाँको गएराति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या देखिएपछि उहाँलाई वैशाख १७ गते चितवनको अस्पतालमा भर्ना गरिएको थियो । वृद्धमा हिजो १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ ।






