Home Breaking News गाेरखा अस्पतालमा विरामी सँख्या बढेपछि बेडसँख्या घट्याे, बेड जसलाइ चाहिन्छ उसलाइ लैजान...

गाेरखा अस्पतालमा विरामी सँख्या बढेपछि बेडसँख्या घट्याे, बेड जसलाइ चाहिन्छ उसलाइ लैजान मेसुकाे कटाक्ष

बुधबार, बैशाख २९, २०७८
0
809

जिल्ला अस्पताल गोरखा

गाेरखा । यस अघि अघिल्लाे साल काेराेना सङक्रमणका समय गाेरखा अस्पतालमा अन्य पुर्वाधार नहुँदा २५ वेड क्षमताकाे आइसाेलेन तयार गरी विरामीहरुकाे उपचार भएकाे थियाे । गाेरखा क्याम्पसमा ७० वेडकाे आइसाेलेशन रहेकाे थियाे ।

यस पटक दाेश्राे लहरमा धेरै विरामी देखिए पनि अस्पतालकाे व्यवस्थापन भने थाेरै अर्थात सात जना विरामीका लागि मात्र व्यवस्थापन भएकाले  गोरखा अस्पतालको आइसोलेसन भरिएपछि बिरामीलाई टेन्ट र बेन्चमा राखेर उपचार गर्नुपरेकाे जनाएकाे छ ।

अस्पतालले वेडलाइ स्टाेर रुपमा थन्क्याएर सबै विरामीकाे उपचार नगर्ने मनसायका साथ अनर्गल प्रचार गर्दै आएकाे हाे । वेडहरु स्टाेर रुममा राखिएकाे छ, जसलाइ चाहिन्छ उसले आएर लगे हुन्छ निमित्त  मेडिकल सुपरिटेन्डेन्ट शान्ति भुर्तेलले भनिन । स्राेत साधनले भ्याए सम्म काम गरिरहेकाे छु आराेपहरु धेरै लाग्छन कसरी काम गर्ने उनले प्रति प्रश्न गरीन ।

कसले के भन्याे के भइरहेकाे छ मलाइ थाहा छैन, भेन्टिलेटरमा राखेर काेराेना सङक्रमितकाे उपचार गाेरखा अस्पतालमा हुँदैन, हामीले अरु विरामी पनि हेर्नुपर्छ डाक्टर भुर्तेलकाे भनाइ छ ।

NO COMMENTS