गोरखा, २९ बैशाख । गोरखा नगरपालिका–१३ स्थित बनदेवी सामुदायिक वनकामा जथाभावी रुख खटान गर्ने वन तस्कर वन रक्षक वीच गएराती दाेहाेराे झडप भएकाे छ । तस्करले बनबाट ल्याएकाे काठ गाेदाम गरेर राखेकाे अवस्थामा हतियार सहित पुगेकाे बन कार्यालयकाे टाेलीलाइ ढुङ्गामुडा गरेर आक्रमण गरेकाे थियाे । स्थानीयबासी समेत रहेका सुर्दशन शाहीकाे नेतृत्वमा यस क्षेत्रमा वन तस्कर सक्रिय रहेकाे गाेप्य सूचनाका आधारमा जिल्ला वन कार्यालय गाेरखाबाट टाेली खटिएकाे थियाे ।
हतियार सहित गएकाे वनकाे टाेलीलाइ तस्करहरुले आक्रमण प्रयास गरेपछि सुरक्षा निकायबाट थप शक्ति झिकाएर काठलाइ नियन्त्रणमा लिनु परेकाे जिल्ला वन कार्यालय गाेरखाले जनाएकाे छ । २९ थान काठका टिम्मा ट्रयाक्टमा राखेर वन कार्यलय लगिएकाे वन रक्षकले जानकारी दिएका छन् ।
काटिएको काठ स्थानीयबासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अबस्था भेटिएको डिभिजन बन कार्यालय गोरखाका प्रमुख असोक कुमार श्रेष्ठले बताए ।
स्थानीयवासिहरुका अनुसार घर निर्माणकाे कामका लागि भन्दै मेसिन लगाएर जहाँ पायाे त्यहीँ शाहीले काठ काट्दै आएका छन् । घर निर्माण गरेकाे देखाउन घर नजिकै जमिनमा खाल्डाहरु खनेर राख्ने र जग खन्दै गरेकाे भनेर वन कार्यालयका कर्मचारीहरुकाे मन जित्ने पर्यास शाहीले गर्दै आएका छन् ।
प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताए । ‘निजी बनको हो की सामुदायिक बनबाट काठ काटिएको हो भन्ने स्पस्ट भइसकेको छैन, प्रमुख श्रेष्ठले भने, ‘कार्यालयबाट काटेर राखिएको भनिएको ठाउँमा पुगेर काठ नापजाँच भईसकेको छ प्रतिबेदन प्राप्त हुन बाँकी छ ।’ शाहीले थुपारेर राखेको भनिएको स्थानमा करिब २९ थान ( ३१.५ क्युफिट) काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिए ।
अबुवा माथि उत्तर पश्चिम क्षेत्रमा काठ काटेर सिंहले कर्मसिंह फाँटमा थुपारेर राख्ने र नजिकका फर्नीचरमा विक्री गर्दै आएका शाहीले सामुदायिक बन र त्यससँग जोडिएको क्षेत्रमा आफूलाइ अधिकार रहेकाे भन्दै सालको रुख कटानी गरेको पाइएको हो ।
कानुनमा निजी बन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । ‘आफ्नो निजी बन षेत्र भएका बिभिन्न आपँ चिलौने लगायका तोकिएका २३ प्रजातीका रुख अनुमति बिना काट्न पाइन्छ, कार्यालय प्रमखु श्रेष्ठले भन्नुभयो, ‘सालका रुखहरु अनुमति बिना काट्न नपाइने कानुनी व्यवस्था छ ।’ देशभर बैज्ञानिक बन व्यवस्थापनको नीति लागू भएपछि निजी प्रयोजनका लागि समेत सालको काठ काट्न निषेध गरिएको छ । शाहीले काठ कटानीका लागि कसैसंग पनि अनुमति नलिएको पाइएको छ ।
सामुदायिक बनलाई जानकारी गराएर काठ कटानी गरेको होइन, उहाँले मेरो नीजि बनको हो भन्नुभएको छ, स्थानीय बनदेवी सामुदायिक बनका सचिव राजन रिमालले भने, हामीले कुनै लिखित अनुमति पनि दिएका छैनौ ।‘ रुख काटिएकाे ठाउँ सामुदायिक बन भएकाे उनले बताए ।
यसअघि पटक पटक काट्दा कसैले केही नभनेकाे र यस पटक काेराेना सँगै आफूलाइ पनि दशा लागेकाे शाहीले बताए ।
जथाभावि वन कटान गर्नेलाइ नियम अनुसार कारवाही गर्ने डिभिजन प्रमुख श्रेष्ठले बताए ।






