गाेरखा । जिल्लाकाे आँँपपिपल अस्पतालमा एक जना पुरुषको मृ’त्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आज दिउँसो मृत्यु भएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ ।
छिमेकमा कोरोना संक्रमण देखिएपछि उनको बैशाख २७ गते स्वाब लिइएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई दुई बजे आँपपिपल अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।






