सिरान्चाेक, गाेरखा । पालिकाकाे चिलाउने गाउँका मानिसहरु हप्तादिन देखि ज्वराेले थलिएर घर भित्र बस्न बाध्य भएपछि आज उनीहरुकाे एन्टिजेन टेष्ट गरिएकाे छ । गाउँका ५७ जनामा गरिएकाे टेष्टमा १५ जनामा काेराेना सङक्रमण देखिएकाे हाे ।
आफ्नाे निर्वाचन क्षेत्रका नागरिकहरु विरामी भएकाे कुरा थाहा पाए लगतै नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ औषधि र डाक्टर सहितकाे टाेलि लिएर गाेरखा आएका थिए । उनले विरामी रहेका गाउँ गाउँमा पुगेर एन्टिजेन टेष्ट गराइरहेका छन् । बारपाकमा आज ३३ जनामा काेराेना सङक्रमण देखिएकाे थियाे ।






