जेठ १७, हर्मि । गोरखाको सिरानचोक गाउाँपलिका वडा नम्बर ३ हर्मीमा कोभिड व्यवस्थापन तथा समन्वय समिति निर्माण भएको छ । हर्मी स्वास्थ्य चौकीका प्रमुख पार्वति भण्डारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय शिक्षक, बुद्धिजिवी, समाजसेवी, युवाहरुको सहभागितामा समिति निर्माण गरिएको हो ।
कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै गर्दै नागरिकहरुलाई सचेतना प्रदान गर्न प्रचारप्रसार अभियान सञ्चालन गर्ने, हर्मी क्षेत्रमा संक्रमितहरुलाई उपचारका लागि सहयोग पुर्याउने, आबश्यक स्वास्थ्य सामग्री जुटाउन भूमिका खेल्ने लगायतका काम समितिले गर्ने नवगठित समितका संयोजक धनबहादुर तामाङले जानकारि दिए । गठित समितिको संयोजकमा धनबहादुर तामाङ, सचिवमा दिपक न्यौपाने, कोषाध्यक्षमा जुमदिन मियाँ रहेका छन् ।
सदस्यहरुमा रामप्रसाद अधिकारी, इन्द्र घिमिरे, रमित ढकाल, अर्जुन थापा, सफिदिन मियाँ, हेमराज पण्डित, मनोज ढकाल, अमृत सापकोटा, शोभा ढकाल र बिष्णु परियार रहनुभएको छ । समितिले आफ्नो टोल वरपर कोरोना संक्रमणका लक्षण देखिएका वा संक्रमणको उच्च जोखिमा रहेका व्यक्तिहरुको बारेमा जानकारी गराउन पनि सवैलाई अपिल गरेको छ ।






