गाेरखा । स्वास्थ्यमा समस्या आएपछि काठमााण्डौमा उपचारका लागि पठाइएकी एक महिलाको निधन भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ बारपाककी २४ बर्षिय महिलाकाे उपचारका क्रममा हिजाे करिब साढे ४ बजेको समयमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
लगातार ४ दिनदेखि स्वास्थ्य अबस्था जटिल बनेपछि उनलाई शनिबार हेलिकोप्टर मार्फत उद्धार गरी काठमाण्डौ पठाइएको थियो । अस्पतालमा कोरोना पोजेटिभ पुष्टी भएको ति महिलाको बारपाकमा गरिएको एन्टिजेन परीक्षणका क्रममा भने कोरोना नेगेटिभ देखिएको थियो । काठमाडौँको मेडिसिटी अस्पताल उपचारका क्रममा निधन भएकाे हाे । उनी सुत्केरी अवस्थामा विरामी परेकी थिइन






