माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन र नतिजा आगामी साउनको १५ गते भित्र सार्वजनिक हुने

सोमवार, जेष्ठ ३१, २०७८
0
127

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन र नतिजा आगामी साउनको १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डले मूल्यांकनको कार्यविधिअनुसार एसईई परीक्षा आवेदन फारम भरेका ५ लाख १७ हजार विद्यार्थीको मूल्यांकन विवरण सम्बन्धित विद्यालयले असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनु पर्ने व्यवस्था पारित गरेसँगै एसईईको नतिजा प्रकाशनको प्रक्रिया अगाडि बढाएको हो।

विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई रुजु गरी असार मसान्तभित्रै इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने छ।

असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी गरिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। साउनमा नतिजा प्रकाशन भए कक्षा ११को नयाँ भर्ना भदौबाट सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here