गाेरखा अस्पतालमा विरामीकाे उपचार गरेकाे भन्दै अस्पताल प्रमुखले मागिन डाक्टरकाे राजीनामा

मङ्लबार, असार १, २०७८
0
263
डा.शान्ति भुर्तेल

असार १, गोरखा । अस्पताल भनेपछि विरामी परेका मानिसहरुकाे उपचार हुने ठाउँ भनेर मानिसहरुले बुझ्ने गर्छन । तर गाेरखा जिल्ला अस्पतालमा भने विरामीकाे उपचार गरेकाे भन्दै अस्पताल प्रमुख डाक्टर शान्ती भुर्तेलले उपचारमा सँलग्न डाक्टरकाे राजिनामा मागेकी छन् ।

गोरखा अस्पताल प्रमुखले  पटक पटक राजिनामा मागेपछि कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन (नवौ‌ं तह) डा. हेमन्त ढुंगानाले राजीनामा दिएका छन् । अस्पताल प्रमुख शान्ति भुर्तेलले आफूले अफिस समय बाहेक अन्य अवस्थामा विरामिकाे उपचार नगर्न पटक पटक भन्दा पनि  नमानेकाे बताएकी छन् ।   ढुंगानाले मंगलबार अस्पतालमार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

गत चैत ८ गतेदेखि अस्पतालमा करारमा कार्यरत ढुंगानाले असार १ देखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । गत जेठ २३ गते ढुंगानासहितका केही चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल प्रमुखको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी र अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएका थिए ।

यस अघि अस्पताल प्रमुखले  कर्मचारी तथा चिकित्सकलाई जागिर खाइदिन्छु भन्दै आएकी थिइन ।

डाक्टर ढुङगानाका अनुसार  ‘कोभिडको बेला यो विषयलाई थाँती राखी मिलेर अघि बढौं भन्ने सहमति भए पनि प्रमुखले प्रतिशोधको भावना राख्दै अनावश्यक दबाब दिन थाल्नुभयो, काम गर्ने वातावरण नै बन्न सकेन,’  ।

डेढ घण्टाकाे दुरीमा अस्पताल छन् गाेरखामा किन चाहियाे ?

डेढ घण्टाकाे दुरीमा रहेकाे चितवन जिल्लामा सुविधा सम्पन्न अस्पतालहरु भएकाेले गाेरखामा अस्पताल नै आवश्यक नरहेकाे उनले बताउँदै आएकी छन् । अस्पतालमा विरामीहरुकाे उपचार गर्ने चिकित्सकहरु प्रति उनी आक्राेशित हुँदै आएकी हुन् । अस्पतालकाे सुधारका लागि निमित्त प्रमुख भुर्तेललाइ मनाउन सकस रहेकाे अस्पतालका कर्मचारीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here