शहिदलखन ७ का ६३ वर्षिय पूरुषकाे उपचारका क्रममा मृत्यु

बुधबार, असार २, २०७८
0
170
एन्टिजेन टेष्टकाे क्रममा समुन्द्र श्रेष्ठ बुँकाेट स्वास्थ्य चाैकीमा

शहिदलखन गाउँपालिका । गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित देउराली गाउँका ६३ वर्षिय समुन्द्र श्रेष्ठकाे मृत्यु भएकाे छ ।

उनकाे वडा-७ बुङकोट स्वास्थ्य चौकीमा मिती २०७८/२/१३ गते गरिएको एन्टिजेन बिधिबाट  परिक्षण गर्दा काेराेना पोजेटिभ आएको थियो । गाेरखा अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि काठमाडौ प्रहरी अस्पतालमा उपचारार्थ हुदा आज विहान मृत्यु भएकाे वडा अध्यक्ष शरण श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here