डब्लु एफ पीले पहिराेमा फसेका ५ जना कर्मचारीकाे उद्धार गर्याे

बिहिबार, असार ३, २०७८
0
423
डब्लु एफ पी का कर्मचारी लिन आएकाे श्री एयर लाइन्सकाे हेलिकप्टर । तस्वीर क्याप्टेन गूरुङ

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरी गाउँकाे पहिराेमा फसेका विश्व खाद्य कार्यक्रम (डब्लु. एफ .पी.) का पाँच जना कर्मचारीहरुलाइ श्री एयर लाइन्सकाे हेलिकप्टरबाट उद्धार गरि काठमाण्डाै लगिएकाे छ ।

उनीहरु पहिराे र बाढीमा परी कतै पनि जान नसक्ने अवस्थामा थिए । हिजाे देखि नै उद्धारकाे प्रयास भएपनि आज विहान उनीहरुलाइ सल्लेरीबाट लिएर हेलिकप्ट गएकाे स्थानीय बल बहादुर गुरुङले बताए ।

माथिबाट आएकाे पहिराेका कारण बुढी गण्डकी नदिले धार परिवर्तन गर्दा सल्लेरी गाउँकाे ७ घर बगाएकाे छ भने गाउँलेहरु भालुवनकाे फेदीमा आश्रय लिएर बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here