१४ साहित्यकार का १४ टुक्का कविता

शुक्रबार, असार ११, २०७८
0
541


यता के छ भनेर, उता नगर शंका,
आगो बनेर व्यर्थै,जलाईदिन्छ लंका।

के के गर्न आँटेको छ,यो झरीले पनि,
बहुलाएर यति बिघ्न, निष्टुरी बनी।
– चिरञ्जीवी ढकाल, राँझा एयरपोर्ट बाँके ।


शान्तिको निम्ति किन आह्वान गर्छौं क्रान्ति?
यसैले त फिजाउँछ अशान्ति र भ्रान्ति।

दुई दिनको जीन्दगानी कर्कलाको पानी,
प्रीति गाँस्न किन चुकयौ यस्तो जानी-जानी।
– अरुण कुमार भुजेल,
गोरूबथान, दार्जिलिङ,भारत।                                   १
हिजआज किन हो आफुलाई एक्लो पाउँछु यहाँ,
त्यो निस्वार्थ मायाँ अनि हौसला अब भेट्ने छु कहाँ।

बालेर ज्योति मनको, बाटो उज्यालो बनाऊ,
आकाश जस्तो विशाल, भई सबैमा सजाऊ।
– पदमा शर्मा आँचल, कालाचिनी भारत ।


रहर पनि कस्तो भयो फूल सरि फुल्ने
कहिले आउला समय दुख पिर भुल्ने।

धनजनको क्षति अति सिन्धुपाल्चोक जिल्ला
भुकम्प र बाढीले बनायो बिपत्तिको किल्ला।
– इश्वरी अधिकारी, लमजुङ


मेलन्ची र इन्द्रवती बहुलाउँदै आयो,
सुन्दर बजार मेलन्ची सबै नैं बगायो।

खोसिए घरवारि परिवार कति,
रुदैछ यी दुनियाँ कैयौं भयो क्षति।
– कमला पाण्डे पराजुली, झापा


शिरमा टेक्नैले पिर चिन्दैन,
पैसाले असल माया किन्दैन।

सयौं गुना राम्री छेउ फोटोमा,
झनै राम्री रातो चोली भोटोमा।
– प्रकाश बुढाथोकी
असम, भारत।


प्रकृतिले उजाड गर्यो गाऊँ-घर
भत्कियो मानिसको सपना-रहर ।

खोला पस्यो जता-ततै लास
खोसियो गाँस, वास, कपास ।
– निरूविन्दु परियार
जल्ढक्का कलेबुङ्ग, भारत


जिन्दगीभर हुँदैन है कोही साथमा,
जीवन मरण उही प्रभुको हातमा ।

बैमान मान्छे म अरूको सुख खोस्ने,
यताको कुरा उता गरी आगो झोस्ने ।
– राजेन्द्र प्रधान पासा,
सोनादा, दार्जिलिङ ।


जस्तो तिम्रो उस्तै मेराे हाे नि खानदानी ,
चिसो अनि मीठो लाग्यो त्याे मूलकाे पानी ।

तिम्रो कर्के नजरलाई के गराैँ र हेला,
धेरथोर बाँच्ने रहर पलाएको बेला ।
– केशवप्रसाद ढकाल `प्रीतबीज´
सिरान्चाेक ७, उपल्लो गाेहाेरे, गाेरखा


पिरती मनको महिमा छ ठुलो,
न त जोख्न मिल्ने ढक हालितुलो।

भरुँ मूरि कसै भरिंदैन मुठी,
अडिदैन कतै चुहिहाल्छ फुटी।
– होम प्र. न्यौपाने, धरान


म लेख्दै छु टुक्का शब्द भाव जुटाएर,
दिनको भोक रातको निन्द्रा छुटाएर ।

हेर्न आउनु मेरी प्रिया कस्ति रैछे तारा ?
नेपाल देशकै मुटु हो यो फेवा र रारा ।
– विनोद रिजाल
बेलबारी २ लालभित्ती

टुक्का

हँसिलो मुहार देख्दा असाध्यै राम्रो,
पक्कै होलान भावना उनीमा हाम्रो।

रुपरङ्ग नहेरी बनाउनुपर्छ साथी,
तबमात्र बन्छ इज्जत चाहेभन्दा माथि।
-रतन पाण्डे’पारतन’, दार्जीलिङ।


किन यो मनमा अनेक ख्याल जाग्छ,
छोरी भै जन्मनु नि अभिशाप लाग्छ।

बलात्कारीको कमी छैन त्यहाँ ,
महिला राष्ट्रपति छन् त जहाँ।
– रिना सापकोटा खनाल


खहरे खोला बाढीले होला,आयो बगर ढाकेर,
बर्षाले हेर चुनाैती दिन्छ, साक्षी प्रकृति राखेर ।

असारे पानी बाढीको भेलले,धेरै क्षति गरायो,
मनसुने झरी परेर आउँदा,जनता डरायो ।
– वेदु न्याैपाने, काठमाडाैं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here