वारपाक सुलिकोट गाऊँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङले भ्रष्टचार गरेकाे पुष्टि

आइतवार, असार २७, २०७८
0
257

गोरखा । जिल्ला स्थित वारपाक सुलिकोट गाऊँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ सहित ४ जनाले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा वजेट विनियोजन भै सो गाऊँपालिकाको वडा नम्वर ७ झाँक्रीचोकदेखि ताकुसम्मको सडक निर्माणको काम गर्दा रकम हिनामिना गरेको अख्तियारको केन्द्रिय कार्यालयले दायर गरेको आरोपपत्रमा उल्लेख  छ ।

‘बारपाक सुलिकोट गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत झाँक्रीचोक धारापानी देउराली बहाकोट सडक निर्माण कार्यको वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने बढी रकम रु. ३,६८,४२०।१७ (भ्याट सहित) बढाइ Field Measurement Sheet, Field Measurement गरी तयार पारेको विस्तृत लागत, नापी किताव र कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचर तयार तथा निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङसँगको मिलेमतोमा उक्त बढी रकम रु.३,६८,४२०।१७ (भ्याटसहित) भुक्तानी गरी नेपाल सरकारलाई गैरकानूनी हानि नोक्सानी पुर्याई सार्वजनिक सम्पत्तिको हिनामिना गरी निजहरु शिव बहादुर गुरुङ, गंगा बहादुर घले र सुजन अंगाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुर गरेको पुष्टि भएको देखिँदा निजहरुलाई बिगो रु.३,६८,४२०।१७ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन र दफा १७ वमोजिम उक्त बिगो असुल हुनसमेत मागदाबी लिइएको छ ।’ अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ ।

अख्तियारले जिल्लाका ११ वटै पालिका भित्रका वडा तहमा पुगेर शुक्ष्म अध्ययन गरिरहेकाे र गाेरखा जिल्लामा एक दर्जन भन्दा धेरै प्राविधिकहरु पक्राउ पर्न सक्ने जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here