गाेरखा जिल्लामा निषेधाज्ञा साउन ९ गते सम्म थपियाे

सोमवार, असार २८, २०७८
0
120

गाेरखा । जिल्लामा  निषेधाज्ञा साउन ९ गते सम्म थप भएकाे छ । सोमवार बसेको जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले यस अघि असार २९ गते सम्मका लागि थपिएको निषेधाज्ञाको समय बढाएर साउन ९ गते सम्म कायम गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

निषेधाज्ञा भएपनि  बुधवारबाट सबै प्रकारका पसलहरु खुला रहने  र जिल्ला भित्रका सवारीहरु सञ्चालन हुने पाैडेले बताए ।
पसलहरु खाेलेपनि स्वास्थ्य मापदण्ड भने कायमै राख्नुपर्ने गरि सूचना जारि भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here