भीरबाट लडेर युवककाे मृत्यु

शुक्रबार, साउन १, २०७८
0
314

साउन १, गाेरखा । गोरखाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८, मेथलाङ डाडोस्थित भिरबाट लडेर गोरखा घर भएका २७ बर्षका संजोग थापाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । गएराती करिब २ बजेको समयमा थापा भीरबाट ५० मिटर तल खसेको प्रहरीको भनाई छ ।

लगेर गम्भीर घाइते भएका थापाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनएको छ उनी पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित मासबारमा बस्दै आएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले थापाका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here