काठमाण्डौं , असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आज बिश्वासको मत लिएका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकबाट प्रधानमन्त्री देउवाले बिश्वासको मत प्राप्त गरेका हुन् । देउवालाई काग्रेस, माओबादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालका सांसदहरुले बिश्वासको मत दिएको थिए ।
प्रतिनिधिसभा उपस्थित २४९ सदस्य मध्ये देउवाको पक्षमा बिश्वासको पक्षमा १६५ मत प्राप्त भएको हो । प्रतिनिधिसभामा बिश्वासको मत प्राप्त गरेसंगै अब पुनस्थापना भएको व्यवस्थापिका संसदको पुरा सञ्भालन हुनेभएको छ । प्रधानमन्त्रीको बिपक्षमा जम्मा ८३ मत खसेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।






