गाेरखामा सवारी दुर्घटना हुँदा ११ जनाकाे मृत्यु

बिहिबार, साउन ७, २०७८
0
562

साउन ६, गोरखा । जिल्लामा सवारी दुर्घटनामा परी ११ जनाकाे मृत्यु भएकाे छ ।  एक वर्षको समय भएको सवारी दुर्घटनामा ११ जनाकाे मृत्यु भएकाे हाे । आर्थिक  वर्ष २०७७/७८ भर भएका १७ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षभरीमा १ ट्रिपर, ५ वटा बस, ४ वटा कार जीप, ५ वटा ट्रयाक्टर र ४ वटा मोटरसाइकल दुर्घटनामा परेका ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । जसमा ९ पुरुष, १ महिला र १ बालकको मृत्यु भएको र  दुर्घटनामा १६ जना गम्भिर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरीले गत ३ वर्षमा भएका सवारी दुर्घटनाको कारण विश्लेषण गर्दै आधा भन्दा धेरै दुर्घटना सवारी चालकका कारण भएको बताएको छ । पछिल्ला ३ आर्थिक वर्षमा जिल्लामा ६१ वटा सवारी दुर्घटना भएकोमा ३८ वटा दुर्घटनाका कारण सवारी चालकनै देखिएको ट्राफिक प्रहरी प्रमुख ढकालले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here