किसानहरुले उत्पादन गरेकाे वस्तु परिमाणकाे आधारमा अनुदान दिन्छाैँ: पालिका अध्यक्ष थापा

आइतवार, भदौ ६, २०७८
0
372
नयाँपुल कृषि उपज उपभाेक्ता सहकारी भवन परिसरमा भएकाे कार्यक्रम झलक । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले किसानहरुले उत्पादन गरेकाे वस्तु परिमाणकाे आधारमा कृषिमा अनुदान दिने बताएका छन् । किसानले उत्पादन गरेकाे कृषि उपज सहकारी मार्फत भएकाे विक्रि परिमाणका आधारमा तीन प्रतिकेजी तीन रुपैयाँ सम्म अनुदान दिने उनले बताएका हुन् । नयाँपुल कृषि उपज उपभाेक्ता सहकारी सँस्था लि‍.काे सार्वजनिक सुनुवाइ कार्यक्रमलाइ सम्बाेधन गर्दै थापाले साे कुरा बताएका हुन् । तरकारी,दुध, माछा, मासु सबै प्रकारका कृषि उपजमा अनुदान दिने रकम फ्रिज भइरहेकाे उनले बताएका छन् ।

कार्यक्रममा मनकामना कृषि सहकारीका अध्यक्ष हाेमनाथ रिमाल,ढाँडबारी कृषि सहकारी सँस्था लि.का अध्यक्ष ऋषि आले मगर, नयाँपुल कृषि उपज सहकारीका उपाध्यक्ष अमृता थापा मगर, काेषाध्यक्ष चित्र बहादुर बलयलकाेटि, स्थानीय मेदिनि प्रसाद काेइराला, रामचन्द्र काेइराला, बाबुराम दवाडी, ऋषि कट्टेल लगायतले सँस्थाले स्थापना समयदेखि हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सँघीय सरकार, स्थानीय सरकार र उपभाेक्ता सहकारीकाे सयुक्त साझेदारीमा ३० लाख १५ हजार ५६९ मा  सहकारी भवन,दराैँदि नदि किनारमा तटबन्द र तरकारी बजार सँरक्षण रिटेनिङ वाल निर्माण भएकाे थियाे । कार्यक्रममा असार महिनामा गएकाे बाढीका कारण भएकाे क्षतिका बारेमा समेत जानकारी गराइएकाे थियाे । प्रदेश भरीकै नमूना हाटबजार रहेकाे नयाँपुल  कृषि उपज सहकारीलाइ आगामि दिनमा अझै व्यवस्थित गर्दै अगाडि लैजाने सहकारीका अध्यक्ष झलक बहादुर थापाले बताए । कार्यक्रम सहकारीका सचिव रामकृष्ण अर्यालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here