लोचन ‘फूलको थुङ्गा को मनछुने गजल

बुधबार, भदौ ९, २०७८
0
168

देशव्यापी अभियान चलाउदैमा काेही देशभक्त हुदैन
राष्ट्रियझण्डा प्रायः फहराउदैमा काेही देशभक्त हुदैन।

स्वाधीनता समानता मातृभूमि संरक्षणमा देन हुनुपर्छ
राष्ट्रियगान जिब्रोभाँची गाउदैमा काेही देशभक्त हुदैन।

अर्काकाे घरमा ढुङ्गा हानी आफू सजिनु ठुलाे अपराध हाे
अरिङ्गाल जस्तो भुनभुनाउँदैमा काेही देशभक्त हुदैन।

मातृभूमि संरक्षण सर्वाङ्गिण विकासमा सहभागिता खै?
सडकमा झुठाे नारा लगाउँदैमा काेही देशभक्त हुदैन।

नाम कमाउन मेहनत र सही कर्म गर्नु पर्छ महाशय
फूलको थुँगाकाे अगाडि आउदैमा कोही देशभक्त हुदैन।।

लोचन ‘फूलको थुङ्गा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here