अनेरास्ववियु (क्रान्तिकारी) बारपाक सुलिकोट गापा वडा नं ४ अध्यक्षमा चुडामणी उपरकोटी

आइतवार, भदौ १३, २०७८
0
135

गाेरखा । अनेरास्ववियु (क्रान्तिकारी) बारपाक सुलिकोट गापा वडा नं ४ अध्यक्षमा चुडामणी उपरकोटी  चयन भएका छन् ।
पहिलो विस्तारित बैठक भेलाले उपरकाेटीलाइ अध्यक्षमा चयन गरेकाे हाे । अध्यक्ष सहित ५९ सदस्यिय वडा स्तरीय समिति गठन भएकाे उनले जानकारी दिए ।

विद्यार्थी समुदायको हकहित, अधिकार प्राप्त गर्ने तथा विद्यार्थीहरूको बौद्धिक , शारीरिक, नैतिक एबं आत्मविश्वास उत्थान र विकासका लागि क्रियाशील हुने, हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक जनवादी र सर्वसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गराउने, राष्ट्रिय स्वाधिनता र सामाजिक मुक्तिको आन्दोलनलाई अघि बढाउने, देशीय सामन्तवाद दलाल नोकरशाही पूँजीवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा साथ दिनुका दिएर समाजलाइ अगाडि बताउने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here